सिलगढी महकुमा पुस्तक मेला 13 दिसम्बरदेखि शुरू

सिलगढी: सिलगढी महकुमा पुस्तक मेला यहाँको बाघाजतिन पार्कमा आगामी 13 दिसम्बरदेखि शुरू भएर 19 दिसम्बरसम्म चल्ने भएको छ। उक्त पुस्तक मेलामा लगभग 65 वटा स्टलहरू लगाइने छ। आज सिलगढीमा नगर निगमका प्रशासक गौतम देवले पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। तिनले बताए अनुसार यस वर्ष पुस्तक मेलामा अड्डा जोन पनि बनाइने भएको छ, जहाँ सहरका साहित्यकारहरू तथा अन्य बुद्धिजीविहरू मानिसहरू एकार्कासित बसेर कुराकानी गर्न सक्ने छन्। यसवाहेक, मेला अवधि सेमिनार तथा विविध सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरिने भएको छ। स्मरण रहोस, गत वर्षको सिलगढी महकुमा पुस्तक मेलामा लगभग 10 लाख रूपियाँको पुस्तक बिक्री भएको थियो भने यस वर्ष त्यसभन्दा अधिकको बिक्री हुने पुस्तक मेला आयोजक समितिले आशा गरेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *