सिलगढी महकुमा पुस्तक मेलाको मन्त्री सिद्दीकुल्लाह चौधरीद्वारा उद्घाटन

सिलगढी: सिलगढीको बाघाजतिन पार्कमा आजदेखि सिलगढी महकुमा पुस्तक मेलाको आरम्भ गरियो। पुस्तकालय तथा लोक शिक्षा विभागका मन्त्री सिद्दीकुल्लाह चौधरीले दीप प्रज्वलित गरेर पुस्तक मेलाको उद्घाटन गरे। यस अवधि सिलगढी नगर निगमका प्रशासक गौतम देव लगायत अन्य उपस्थित थिए। उक्त पुस्तक मेला आगामी 19 दिसम्बरसम्म चल्नेछ।  यस अवसरमा मन्त्री सिद्दीकुल्लाह चौधरीले भने, कोरोनाले गर्दा राज्यको सबै पुस्तकालय बन्द अवस्थामा छ। यसैले गर्दा लगभग दुई करोड़ मूल्यको किताबहरू नष्ट गरिदिएको छ भने कर्मचारीहरूको अभावमा साढ़े तीन सय पुस्तकालय बन्द भएको छ। तथापि ग्रामीण पुस्तकालयको लागि भर्ना प्रक्रिया शुरू गरिएको तिनले बताए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *