सिलगढी महकुमा पुस्तक मेला 13 दिसम्बरदेखि शुरू हुने

सिलगढी : प्रत्येक वर्ष झैँ यस वर्ष पनि सिलगढी महकुमा पुस्तक मेला यहाँको बाघाजतीन पार्कमा आयोजित गरिने भएको छ। बङ्गीय साहित्य परिषद् महकुमाको ग्रन्थागार भवनमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी गराएको छ। यस अवसरमा महकुमाशासक श्रीनिवास भेङ्कटराव पाटिल लगायत पुस्तक मेला कमिटीका सदस्यहरू उपस्थित थिए। यस सम्बन्धमा महकुमा शासक श्रीनिवासले भने, आगामी 13 देखि 19 दिसम्बरसम्म सिलगढीको बाघाजतीन पार्कमा कोरोनाको सबै नियमहरू पालन गर्दै पुस्तक मेलाको आयोजना गरिने भएको छ। उक्त पुस्तक मेलामा 50 देखि 65 वटा स्टलहरू राखिने छ भने विविध सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने भएको छ। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी उक्त पुस्तक मेलामा आउने सम्भावना रहेकोले कमिटीले यस अनुसार व्यवस्था मिलाइरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *