सिलगढी महकुमाशासक कार्यालयमा 75औँ स्वतन्त्रता दिवस पालन

सिलगढी: देशभरिमै 75औँ स्वतन्त्रता दिवस धुमधामको साथमा पालन गरिरहेको छ। यसै क्रममा सिलगढीको विभिन्न ठाउँमा पनि आज स्वतन्त्रता दिवस पालन गरियो। सिलगढी महकुमाशासक कार्यालयमा आज महकुमाशासक प्रियङ्का सिंहले राष्ट्रिय झण्डा उत्तोलन गरेर 75औँ स्वतन्त्रता दिवस पालन गरियो। तिनले देशका वीर सहिदहरूलाई पुष्प अर्पण गरेर श्रद्धाञ्जलि अर्पण गर्नको साथै सहरवासीलाई स्वाधीनताको 75औँ वर्ष पुरा भएको अवसरमा बधाई पनि दिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *