सिलगढी महानन्दा नदीको किनारबाट नवजात शिशुको शव उद्धार

सिलगढी: सिलगढीको प्रधान नगर थाना पुलिसले आज एकजना नवजात शिशुको शव नदी किनारबाट उद्धार गरेपछि इलाकामा हो-हल्ला मच्चिएको छ। प्राप्त जानकारी अनुसार सिलगढी नगर निगमको 2 नम्बर वार्ड बाघाजतिन कलोनी अन्तर्गत मुक्त मञ्च संलग्न महानन्दा नदीको किनारमा आज बिहान स्थानीय मानिसहरूले एकजना नवजात शिशुको शव देखेपछि यसबारे प्रधान नगर थानालाई खबर दिए। खबर पाउन साथ प्रधान नगर थानाको पुलिस घटनास्थलमा पुगेर नवजात शिशुको शव उद्धार गरे। यसैगरी, एसीपी चन्दन दासले पनि घटनास्थलमा पुगेर नवजात शिशुको शव हेरेपछि शवलाई पोस्टमार्टमको लागि उत्तर बङ्गाल मेडिकल कलेज एवम् अस्पतालमा पठाइदिए। स्थानीय मानिसहरूको भनाई अनुसार यस प्रकारको घटना यस इलाकामा केही महिना अघि पनि घटेको थियो। घटनालाई लिएर हाल उक्त वार्डमा सनसनी फैलिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *