सिलगढी महानन्दा नदीको तटका उच्छेद मानिसहरूको पक्षमा अघि आए वामफ्रन्ट नेता अशोक भट्टाचार्य

सिलगढी : सिलगढी नगरनिगमको 2 र 3 नम्बर वार्डको महानन्दा नदीको तट इलाकालाई दखलमुक्त गरेपछि यसलाई लिएर हाल राजनीति शुरू भएको छ। विभिन्न राजनैतिक पार्टीका नेताहरूले घटनास्थलको निरीक्षण गर्नको साथै सिलगढीका भाजपा विधायक शङ्कर घोष लगायत अन्य विभिन्न पार्टीका नेतृत्वहरूले पनि यसबारे निन्दा गरिरहेका छन्। यसै क्रममा आज पूर्व विधायक तथा सीपीएमका शीर्ष नेता अशोक भट्टाचार्यले आज दखलमुक्त इलाकाको निरीक्षण गर्नको साथै त्यहाँका मानिसहरूसित कुराकानी गरे। यसको साथै तिनले नगरनिगमका कमिश्नर तथा इञ्जिनियरहरूलाई कठोर सजाय दिइनुपर्ने साथै तिनीहरूलाई पदबाट निष्कासित गरिनुपर्ने माग पनि गरे। स्मरण रहोस्, ग्रीन ट्रिब्युनलको निर्देशअनुसार हालै सिलगढीको 2 र 3 नम्बर वार्ड अन्तर्गत पर्ने महानन्द नदी तटमा अवैध रूपमा बसोबासो गर्दै आइरहेको घरहरू नगरनिगमले भत्काइदिएपछि धेरै परिवार घरविहीन भएका छन्। ती परिवार हाल खुल्ला आकासमुनि बस्न बाध्य छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *