सिलगढी महानन्दा नदीमा डुबेर वृद्धको मृत्यु

सिलगढी (निसं): सिलगढीको महानन्दा नदीको पार्वती घाटस्थित पानीमा डुबेर आज एकजना वृद्धको मृत्यु भएको छ। मृतक वृद्ध प्रदीप देवनाथ सिलगढीको बाघाजतिन कलोनी निवासी थिए। उक्त वृद्ध मानसिक रूपले असन्तुलित थिए भने गत पाँच वर्ष अघिदेखि नै तिनको चिकित्सा चलिरहेको थियो। तिनी अधिक समय घरमैं बस्थे। आज तिनी घरका सदस्यहरूलाई केही नभनी बाहिर निस्किएर पार्वती घाटमा पुगेका थिए। त्यहाँ पानीको किनारमा खुट्टा चिप्लिएर नदीमा डुब्दा तिनको मृत्यु भएको बताइएको छ। यसपछि नदीबाट वृद्धको शव उद्धार गरियो। अर्कोतिर, घटनाबारे जानकारी पाएपछि पुलिस घटनास्थलमा पुगेर शवलाई आफ्नो नियन्त्रणमा ल्याउनको साथै शवलाई पोस्टमार्टमको लागि पठाइदिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *