सिलगढीमा हार्डवेयर दोकानमा चोरी

सिलगढी : सिलगढीको सेभोक रोडस्थित एउटा हार्डवेयर दोकानको छतको टीन काटेर बदमाशहरूले चोरी गरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार आज बिहान उक्त हार्डवेयर दोकान खोल्दा मालिक तथा कर्मचारीहरूले दोकानमा चोरी भएको थाहा पाए। बदमाशहरूले दोकानको छतको टीन काटेर दोकानमा प्रवेश गरेपछि क्यास बक्सबाट रुपियाँ, मोबाइल सहित केही मूल्यवान समानहरू चोरी गरेको बताइएको छ। घटनापछि दोकान मालिकले भक्तिनगर थानामा लिखित अभियोग दर्ता गरेका छन्। अर्कोतिर, घटनाको जानकारी पाएर वार्ड पार्षद सिबिका मित्तल, मेयर गौतम देव एवम् डेपुटी मेयर रञ्जन सरकार घटनास्थलमा पुगेर परिस्थितिको निरीक्षण गर्नको साथै व्यवसायीसित कुराकानी गरे। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibomOnwin