सिलगढी महिला महाविद्यालयमा कोरोना टीकाकरण शिविरको आयोजना

सिलगढी :  सिलगढी महिला महाविद्यालयमा आज कोरोना टीकाकरण शिविरको आयोजना गरियो। सिलगढी नगरनिगमको सहयोगमा उक्त शिविरको आयोजना गरिएको हो। सिलगढी नगरनिगमको प्रशासक मण्डलीका चेयरम्यान गौतम देव, प्रशासक मण्डलीका सदस्य रञ्जन सरकारले उक्त शिविरको निरीक्षण गरे। उक्त शिविरमा मोठ 1 हजार मानिसहरूलाई कोरोनाको खोप लगाइने व्यवस्था गरिएको छ। यस अवसरमा गौतम देवले भने, उक्त शिविरमा विद्यार्थी, शिक्षक-शिक्षिका लगायत शिक्षा कर्मीहरूलाई कोरोनाको खोप लगाइयो। उक्त शिविर आज कोरोनाको खोप लगाउन नपाउनेहरूको लागि नगरनिगमसित कुराकानी गरेर आगामी दिनमा पुनः शिविरको आयोजना गर्ने प्रयास गरिने कलेज कर्तृपक्षले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *