सिलगढीमा होटल व्यवसायीलाई कुटपीट गरेको घटनाको मेयर गौतम देवद्वारा निन्दा, जाँचको आश्वासन

सिलगढी : सिलगढीको एउटा होटलमा पसेर व्यवसायीलाई कुटपीट गर्ने आरोपीहरूलाई हालसम्म पक्राउ गरिएको छैन। उक्त घटनालाई लिएर सिलगढी नगरनिगमका मेयर गौतम देवले तीव्र निन्दा गर्दै घटनाको निष्पक्ष जाँच गरिने आश्वासन दिएका छन्। तथापि, उक्त घटना भएको केही दिन बितिसक्दा पनि आरोपीहरूलाई पक्राउ नगरिएको बताइएको छ। घटनाक्रमअनुसार गत 26 अक्टोबर राति 1 बजी केही व्यक्तिहरू सिलगढीको 15 नम्बर वार्डको राजा राममोहन राय रोडमा रहेको एउटा होटलभित्र पसेर व्यसायी लगायत एउटी महिला व्यवसायीलाई समेत कुटपीट गरेको थियो। उक्त घटनापछि पानीट्याङ्की आउटपोस्टमा 3 जना व्यक्ति विरुद्ध लिखित अभियोग दर्ता गरे तापनि हालसम्म कसैलाई पक्राउ गरिएको छैन। अर्कोतिर, गत केही दिनदेखि मेयर गौतम देव कोलकातामा थिए। आज तिनी सिलगढी फर्किआएपछि उक्त घटनाको तीव्र निन्दा गर्दै सिलगढीमा यस प्रकारको घटना हुन नदिने बताए। तिनले पुलिस प्रशासन लगायत व्यवसायीहरूसित घटनाबारे कुराकानी गर्ने बताए। उक्त घटनाबारे राज्य महिला कमिशनले पनि खोजखबर शुरू गरेको छ। राज्य महिला कमिशनका चेयरपर्सनले घटनाबारे सिलगढी मेट्रोपोलिटन पुलिससित कुराकानी गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *