सिलगढी : सिलगढीको पब तथा रेस्टुराँहरूमा हुक्का बिक्री गर्न बन्द गरिदिएको छ। सिलगढी पुलिस कमिश्नरेटको तर्फबाट यहाँको प्रत्येक पब कर्तृपक्षलाई हुक्का बार चलाउन पाउँदैन भनेर सूचित गरिसकेको छ। यसभन्दा पहिला कोलकाता नगरपालिकाले त्यहाँ हुक्का बार बन्द गर्न निर्देशन दिएको थियो। लाइसेन्स पाएको सबै हुक्का बारहरू पनि खारेज गरिदिएको छ। यसपछि सिलगढीमा पनि हुक्का बार बन्द गर्नुपर्ने माग उठेको थियो। केही दिन अघि सिलगढी पुलिस कमिश्नरेटले सहरको हुक्का बारहरू बन्द गर्ने बारे निर्देशिका जारी गरेको थियो। विशेष गरेर सिलगढीको पबहरूमा हुक्का अधिक बिक्री हुने गर्दछ। पबहरूमा कहिलेकाहीँ कम्ती उमेरकाहरूलाई पनि हुक्का दिइने गरेको साथै कहिलेकाहीँ हुक्काको आडमा मादक पदार्थ सेवन गर्ने गरेको अभियोग उठेको छ। यसैले गर्दा सिलगढी मेट्रोपोलिटन पुलिसले हुक्का बारविरुद्ध कठोर कार्वाही गर्न शुरू गरेको छ। नयाँ वर्षलाई केन्द्र गरेर सिलगढी मेट्रोपोलिटन पुलिसले सिलगढीको प्रत्येक बार, पब कर्तृपक्षहरूलाई हुक्का बिक्री गर्न नपाउनेबारे सूचित गरिसकेको छ। यस विषय थानाहरूको तर्फबाट पनि नोटिस पठाइसकेको छ। यदि कुनै पब तथा बारहरूमा हुक्का बिक्री गरेको भेट्टाइएको खण्डमा कठोर कार्वाही गरिने पुलिसले चेताउनी दिएको छ। सिलगढी पुलिस कमिश्नर अखिलेश कुमार चतुर्वेदीले भने, केही दिन अघि मात्र हुक्का बार बन्द गर्ने विषयमा निर्देशिका आएको छ। कुनै पनि पब तथा बारहरूमा हुक्का बिक्री नगरोस् भन्दै सर्तक गराउन नोटिस पठाइएको हो।
सिलगढीमा हुक्का बिक्रीमा प्रतिबन्ध, सिलगढी मेट्रोपोलिटन पुलिसद्वारा पब तथा बार प्रबन्धकहरूलाई नोटिस जारी

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
