सिलगढी : सिलगढीको पब तथा रेस्टुराँहरूमा हुक्का बिक्री गर्न बन्द गरिदिएको छ। सिलगढी पुलिस कमिश्नरेटको तर्फबाट यहाँको प्रत्येक पब कर्तृपक्षलाई हुक्का बार चलाउन पाउँदैन भनेर सूचित गरिसकेको छ। यसभन्दा पहिला कोलकाता नगरपालिकाले त्यहाँ हुक्का बार बन्द गर्न निर्देशन दिएको थियो। लाइसेन्स पाएको सबै हुक्का बारहरू पनि खारेज गरिदिएको छ। यसपछि सिलगढीमा पनि हुक्का बार बन्द गर्नुपर्ने माग उठेको थियो। केही दिन अघि सिलगढी पुलिस कमिश्नरेटले सहरको हुक्का बारहरू बन्द गर्ने बारे निर्देशिका जारी गरेको थियो। विशेष गरेर सिलगढीको पबहरूमा हुक्का अधिक बिक्री हुने गर्दछ। पबहरूमा कहिलेकाहीँ कम्ती उमेरकाहरूलाई पनि हुक्का दिइने गरेको साथै कहिलेकाहीँ हुक्काको आडमा मादक पदार्थ सेवन गर्ने गरेको अभियोग उठेको छ। यसैले गर्दा सिलगढी मेट्रोपोलिटन पुलिसले हुक्का बारविरुद्ध कठोर कार्वाही गर्न शुरू गरेको छ। नयाँ वर्षलाई केन्द्र गरेर सिलगढी मेट्रोपोलिटन पुलिसले सिलगढीको प्रत्येक बार, पब कर्तृपक्षहरूलाई हुक्का बिक्री गर्न नपाउनेबारे सूचित गरिसकेको छ। यस विषय थानाहरूको तर्फबाट पनि नोटिस पठाइसकेको छ। यदि कुनै पब तथा बारहरूमा हुक्का बिक्री गरेको भेट्टाइएको खण्डमा कठोर कार्वाही गरिने पुलिसले चेताउनी दिएको छ। सिलगढी पुलिस कमिश्नर अखिलेश कुमार चतुर्वेदीले भने, केही दिन अघि मात्र हुक्का बार बन्द गर्ने विषयमा निर्देशिका आएको छ। कुनै पनि पब तथा बारहरूमा हुक्का बिक्री नगरोस् भन्दै सर्तक गराउन नोटिस पठाइएको हो।