सिलगढीमा हुने बैठकमा श्रमिक संगठनहरूले बोनस एकै किस्तामा 20 प्रतिशतले पारित गराएको हुनुपर्छ: चिया श्रमिक सुरक्षा समिति

दार्जिलिङ (निसं) : दार्जिलिङ पहाड़को चियाबारी श्रमिकहरूको पुजा बोनस विषयमा जोइन्ट फोरमको आयोजनामा विभिन्न चियाबारीमा गेट मिटिङ सम्पन्न भइरहेको छ। यसै क्रममा आज दार्जिलिङको मारेबुङ चियाबारीमा जोइन्ट फोरमको आयोजनामा गेट मिटिङको आयोजना गरियो। उक्त गेट मिटिङमा चियाबारी श्रमिकहरूलाई सम्बोधन गर्दै चिया श्रमिक सुरक्षा समितिको पक्षबाट प्रमोद राईले भोलि 21 सेप्टेम्बरको दिन राज्यको श्रममन्त्री मलय घटकको उपस्थितिमा सिलगढीमा हुने बोनस विषयको सभामा चिया श्रमिकहरूको बोनस एकै किस्तामा 20 प्रतिशतको दरले दिनुपर्छ भनी माग गरेका छन्। तिनले आफ्नो सम्बोधनमा राज्यमा एकजना महिला मुख्यमन्त्री छन् अनि माँ, माँटी र मानुसको सरकार छ तर यता पहाड़मा भने बुजुर्ग महिलाहरू पनि चियाबारीमा काम गर्नुपर्छ साथै वर्षमा एकपल्ट पाउने बोनसको लागि पनि निवेदन गर्नुपर्छ भनि बताए। चिया श्रमिक सुरक्षा समितिको पक्षबाट प्रमोद राईले भने, दशैं आइसक्यो तर अझैं पनि चियाबारी श्रमिकहरूको बोनस भने तय भएको छैन। त्यसैले भोलि 21 सेप्टेम्बरको दिन सिलगढीमा राज्यको श्रम मन्त्री मलय घटकको उपस्थितिमा हुने भनिएको सभामा पहाड़को श्रमिकहरूले एकै किस्तामा 20 प्रतिशतको दरले बोनस पाएको हुनुपर्छ भनी माग गरेका छन्। तिनले भोलि सिलगढीमा हुने सभामा जाने सबै ट्रेड युनियनका प्रतिनिधिहरूलाई लाखेस् गर्दै चियाबारी श्रमिकहरूको लागि डटेर सबैले एकै किस्तामा 20 प्रतिशतको दरले बोनस पारित गराएको हुनुपर्छ भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *