सिलगढीमा इन्डोर स्टेडियमको बुनियादी ढाँचाको विकासको माग गर्दै भाजपा-द्वारा विक्षोभ

सिलगढी : लामो समयदेखि सिलगढीको इन्डोर स्टेडियम बन्द अवस्थामा रहेको छस्टेडियमको बुनियादी ढाँचाको विकासको माग गर्दै भाजपा सडकमा ओर्लिएको छ। आज बिहान भाजपाका नेतृत्वहरूले हातमा प्ला कार्ड बोकेर इन्डोर स्टेडियम अघि विक्षोभ प्रदर्शन गरे। यस अवधि तिनीहरूले सिलगढी नगरनिगमको भूमिकालाई लिएर प्रश्न चिन्ह पनि खडा गरे। यस अवसरमा सिलगढीका विधायक शङ्कर घोष लगायत भाजपाका अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। शङ्कर घोषले भने, इन्डोर स्टेडियममा पहिला टेबल टेनिसको अभ्यासको व्यवस्था गरिएको थियो तर कोरोना महामारीको समयदेखि यता उक्त स्टेडियममा कुनै पनि खेलको अभ्यास भएको छैन। हाल यो स्टेडियम पूर्ण रूपमा बन्द रहेको छ। यसैले उक्त स्टेडियम चाँडै पहिला झैँ खोल्ने माग गर्दै आज आफूहरूले विक्षोभ प्रदर्शन गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *