सिलगढीमा आईएनटीटीयुसी-का राज्य अध्यक्ष ऋतुव्रत बन्दोपाध्यायले गरे बैठक

सिलगढी : तृणमूल श्रमिक संगठन आईएनटीटीयुसी-द्वारा मोबाइल एप बेस ट्याक्सी एवम् मोटरबाइक परिसेवाका असंगठित श्रमिकहरूलाई अनुमोदित गरिने भएको छ। आज सिलगढीमा पत्रकारहरूलाई सम्बोधन गर्दै तृणमूल श्रमिक संगठनका राज्य अध्यक्ष ऋतुव्रत बन्दोपाध्यायले यसबारे जानकारी दिएका छन्। आज सिलगढीको स्टेट गेस्ट हाउसमा आईएनटीटीयुसी-को उत्तर बंगालको आठवटा जिल्लाका नव नियुक्त सभापतिहरूलाई लिएर राज्य अध्यक्ष ऋतुव्रत बन्दोपाध्यायले आज एउटा बैठक गरे। उक्त बैठकमा तिनले राज्यको 34 वटा सांगठनिक जिल्लाको नयाँ जिल्ला कमिटी गठन गर्नको साथै तृणमूल श्रमिक संगठनको सबै संगठनलाई पनि एउटै मञ्चमा ल्याउने निर्णय लिएको छ। यसबाहेक असंगठित श्रमिकहरूलाई लिएर विशेष ध्यान दिएको तिनले पत्रकारहरूलाई बताए। तिनले अझ भने, राज्यको सबै एप बेस ट्याक्सी एवम् मोटरबाइक परिसेवासित सम्बन्धितहरूलाई एउटै मञ्चमा ल्याएर तृणमूल श्रमिक संगठनद्वारा अनुमोदन गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *