सिलगढीमा आईएनटीयुसी-को आलोचना सभा

सिलगढी : सिलगढीको कांग्रेस श्रमिक भवनमा 8 वटा जिल्लाका नेतृत्वहरूलाई लिएर आईएनटीयुसी-ले आलोचना सभाको आयोजना गर्यो। उक्त सभाको माध्यमद्वारा संगठनका राज्य अध्यक्ष तथा केन्द्रीय सचिव कामरूज्जमान कामारले आठवटा जिल्लाको आईएनटीयुसी-को नयाँ जिल्ला अध्यक्षको नामको घोषणा गरे। दार्जिलिङ जिल्ला सांगठनिक चेयरम्यान अलोक चक्रवर्ती र दिलीप दासलाई सभापति चयन गरेको छ। आगामी 8 जनवरीमा 12 सुत्रीय मागलाई लिएर 12 केन्द्रीय श्रमिक संगठन एवम् फेडरेशनले हड़ताल डाकेको छ। आजको आलोचना सभामा 8 जनवरीको दिन डाकेको हड़तालबारेमा चर्चा परिचर्चा गरिएको बताइएको छ। यसको साथै तृणमूल कांग्रेसले उक्त हडताललाई समर्थन नगरेकोमा आईएनटीयुटी-का नेतृत्वहरूले क्षोभ व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *