सिलगढी : सिलगढीमा जमिन व्यवसायीलाई गोली हानेर हत्या गर्ने प्रयास गरेको घटनाका आरोपीहरूको सिलगढी मेट्रोपोलिटन पुलिसले खोजी गरिरहेको छ। सुपारी किलरको सहयोगमा जमिन व्यवसायी विद्युत साहालाई गोली ठोकेर हत्या गर्ने योजना रहेको पुलिसले अनुमान लगाएको छ। घटनाबारे सोधखोज गर्नको लागि पुलिसले धेरैजनालाई हिरासतमा लिएको छ। बाइकमा सवार भएर व्यवसायीलाई गोली हान्ने ती दुईजना दुष्कृतिको फोटो पुलिसले फेला पारेको बताइएको छ। पुलिस अधिकारीहरूले उक्त इलाकामा जडान गरिएको सीसीटीभी क्यामाराको बारम्बर जाँच गरिरहेको छ। तथापि, पुलिसले सीसीटीभी फुटेजमा कुनै सटीक सुराग नपाएको सूत्रमार्फत् थाहा लागेको छ। यसभन्दा अघि भक्तिनगर थाना पुलिसले जमिनको अवैध व्यवसायको आरोपमा विद्युत साहालाई पक्राउ गरेको थियो। पुरानो दुश्मनीले गर्दा उक्त घटना भएको हुनसक्ने पुलिसले अनुमान लगाएको छ भने घटनाका आरोपीलाई बिहारबाट ल्याएको जाँचकर्ताहरूले अनुमान लगाएको छ। भक्तिनगर थाना, आसिघर आउटपोस्ट पुलिस लगायत डीडी-ले उक्त घटनाको जाँच गरिरहेको छ। यसको साथै एसओजीले पनि घटनाको जाँच गरिरहेको छ।