सिलगढीमा जमिन हडप मामिला: तृणमूलका अर्का नेता गौतम गोस्वामी दिल्लीबाट पक्राउ

सिलगढी (निसं): जमिन हडप गरेको मामिलामा तृणमूल कांग्रेसका अझ एकजना नेता पुलिसको हातमा परेको छ। निष्कासित तृणमूल नेता देबाशीष प्रमाणिक पक्रा परेपछि डाबग्राम-फूलबारी इलाकाको तृणमूल नेता गौतम गोस्वामीलाई पनि पुलिसले पक्राउ गरेको छ।


प्राप्त जानकारी अनुसार सिलगढी मेट्रोपलिटन पुलिसको स्पेशल अपरेशन ग्रूपले दिल्लीबाट गौतम गोस्वामीलाई पक्राउ गरेपछि आज तिनलाई बाघडुग्रा एयरपोर्टमा ल्याइपुऱ्यायो। यसपछि त्यहाँबाट वाहनमा हालेर गौतम गोस्वामीलाई सिलगढी मतिगढा थानामा लगिएको छ। स्मरण रहोस, फूलबारी इलाकामा जमिन हडप गरेको मामिलामा गौतम गोस्वामीलाई दिल्लीबाट पक्राउ गरेपछि विमान मार्फत आज बागडुग्रा ल्याइयो। यस विषयमा गौतम गौस्वामीले भने, मुख्यमन्त्री ममता ब्यानर्जी र अभिषेक ब्यानर्जी मेरो नेता हुन्। मलाई कानून माथि पूर्ण भरोसा छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *