सिलगढीमा जामको समस्या समाधान गर्न पुलिस अधिकारीहरूसित मेयर गौतम देवले गरे बैठक

सिलगढी : सिलगढी सहरको जामको समस्यालाई लिएर पुलिस कमिश्नर लगायत अन्य पुलिस अधिकारीसित सिलगढी नगरनिगमको पहलमा मेयर गौतम देवले नगरनिगममा आज एउटा बैठक गरे। उक्त बैठकमा सहरमा जामको समस्या कम्ती गर्नको लागि टोटो-अटोलाई नियन्त्रण गर्नको साथै माल वाहक वाहनहरूलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा चर्चा परिचर्चा गरियो। सहरको जनवाहुल क्षेत्रबाट गोदामहरू हटाउने साथै सहरको गल्लीहरूतिर माल वाहक ट्रकहरू चलाचल गर्नमा रोक लगाउने बैठकमा निर्णय लिएको छ। सहरमा जामको समस्या कम्ती गर्नको लागि टोटो, अटो एसोसिएसनका प्रतिनिधिहरूसित बैठक गरिने मेयर गौतम देवले बताए। सहरमा अतिरिक्त सड़कहरू निर्माण गरिने योजना रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *