सिलगढीमा जाँडो बढेपछि भुस्याँहा कुकुरहरूलाई ज्याकेट लगाइदिइन् प्रशुप्रेमी प्रियङ्काले

सिलगढी गत दुई दिनदेखि उत्तर बङ्गाल लगायत सिलगढीमा अत्याधिक ठण्डा बढेपछि मानिसहरूसँगै कुकुरलाई पनि जाँडोको अनुभव भइरहेको छ। यस्तो परिस्थितिमा भुस्याँहा कुकुरहरूलाई जाँडोबाट बचाउनको लागि सिलगढीको एकजना पशुप्रेमी अघि आएको छ। सिलगढी नगरनिगमको 33 नम्बर वार्डको बाबुपाडा निवासी प्रियङ्का मजुमदारले आज डाबग्राम, रवीन्द्रनगर, लेकटाउन, बाबुपाडा लगायत विभिन्न इलाकाका 30 वटा भुस्याँहा कुकुरहरूलाई ज्याकेट लगाइदिए। ठण्डाको प्रकोपबाट बचाउनको लागि तिनले उक्त पहल गरेकी हुन्। प्रियङ्का मजुमदारले बताएअनुसार जाँडोको समयमा राति भुस्याँहा कुकुरहरूलाई निक्कै कष्ट हुने गर्दछ। आफ्नो क्षमता अनुसार आज विभिन्न इलाकाको 30 वटा भुस्याँहा कुकुरलाई ज्याकेट लगाइदिएको हो। जाँडोको मौसममा कसैले पनि यी भुस्याँहा कुकुरहरूलाई पानी नहालिदिने साथै आफ्नो क्षमता अनुसार ती कुकुरहरूलाई खानेकुरो दिने तिनले सबैसित अपील गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.