सिलगढीमा झुण्डेको अवस्थामा व्यक्तिको शव उद्धार

सिलगढी : सिलगढीको वाणी मन्दिर स्कुलबाट एकजना व्यक्तिको झुण्डेको अवस्थामा शव उद्धार भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले एउटा रुखमा झण्डेको अवस्थामा एकजना व्यक्तिको शव देखेपछि यसबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *