सिलगढीमा झुण्डेको अवस्थामा युवकको शव उद्धार

सिलगढी : एनजेपीको सेन्ट्रल कोलनी इलाकामा आज एकजना युवकको झुण्डिरहेको अवस्थामा शव उद्धार भएको छ। मृतक युवक निचपाडा इलाका निवासी 23 वर्षीय प्रदीप दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान स्थानीय मानिसहरूले इलाकाको एउटा मैदानस्थित रुखमा झुण्डिरहेको अवस्थामा उक्त युवकको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *