सिलगढीमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

सिलगढी : सिलगढी नगरनिगमको 36 वार्ड नम्बर अन्तर्गत घोगोमाली निरञ्जन नगर पाइप लाइन इलाकामा झुन्डिएको अवस्थामा युवकको शव उद्धार भएको छ। मृतक युवकको नाम राम भौमिक (28) बताइएको छ। मृतकको परिवारका सदस्यहरूले बताए अनुसार प्रत्येक दिन झैँ हिजो पनि राम कामबाट घर फर्किआएपछि खाना खाएर कोठामा सुत्न गएका थिए। आज बिहान तिनलाई उठाउँदा कोठाभित्रबाट कुनै आवाज नआएपछि सन्देह लागेर परिवारका सदस्यहरूले झ्यालबाट हेर्दा झुन्डिरहेको अवस्थामा युवकको शव देखे। यसपछि घटनाबारे आशीघर आउटपोस्ट पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *