सिलगढीमा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

सिलगढी : सिलगढी चम्पासरी क्षेत्रको दक्षिण पलासबारी इलाकामा एकजना व्यक्तिले घाटीमा पासो लगाएर आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। मृतक व्यक्ति 53 वर्षीय चारुचन्द्र रायको रूपमा चिन्हित गरिएको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार मृतक चारुचन्द्र गत केही दिनदेखि बिरामी अवस्थामा थिए भने बिरामी तथा शारीरिक दुर्बलताले गर्दा तिनी केही काम गर्न सक्दैन थिए। यसैले जीवनदेखि हरेस खाएर तिनले आत्महत्या गरेको हुनसक्ने परिवारका सदस्यहरूले बताए। अर्कोतिर, घटनाको जानकारी पाएर प्रधान नगर थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *