सिलगढीमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

सिलगढी : सिलगढीको सूर्यसेन कोलनी इलाकाको एउटा घरबाट युवकको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। मृतक युवक शङ्कर सरकार पेसाले टोटो चालक थिए। प्राप्त जानकारीअनुसार दिनहुँ झैँ हिजो राति शङ्कर टोटो लिएर घर फर्किआएका थिए भने आज बिहान परिवारका सदस्यहरूले झुन्डिएको अवस्थामा तिनको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज तथा अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *