सिलगढीमा जुवाको अड्डाबाट महिलासहित पाँचजना पक्राउ

सिलगढी : भक्ति नगर थाना र एसओजीको टोलीले हिजो राति सिलगढीको सेभोक रोडस्थित पीसी मित्तल बस स्ट्यान्डको विपरीतमा रहेको होटल टुरिस्ट इन-मा छापामारी अभियान चलाएर जुवाको अड्डाबाट एउटी महिलासहित पाँचजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूलाई आज जलपाईगढी अदालतमा पेश गरेर पुलिस रिमान्डमा लिएको छ। पक्रा परेकाहरू क्रमैले मुन्ना सुन्दास, शेखर अग्रवाल, आशीष मुखिया, सागर कुमार र वेद प्रकाश सामेल छन्। पुलिसले उक्त होटल चलिरहेको जुवाको अड्डाबाट एउटा डायरी, एउटा क्यालकुलेटर, पोकर गेमको गोटी र तास उद्धार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *