सिलगढीमा काली पूजाको चन्दा र लटरी बिक्रीलाई लिएर तनाउ

सिलगढी, 5 नोभेम्बर (निसं): सिलगढीको विधान मार्केट संलग्न रहेको ऋषि अरविन्द रोड क्षेत्रमा काली पूजा र लटरी बिक्रीको कारण तनाउ देखा पऱ्यो। प्राप्त जानकारी अनुसार, मंगलबार विधान मार्केट संलग्न रहेको एउटा क्लबका सदस्यहरू व्यवसायीहरू कहाँ लटरी लिएर पुगेको थिए। यसपछि तिनीहरूले व्यवसायीहरूलाई लटरी किन्नको लागि दबाउ दिएको आरोप रहेको छ। व्यवसायीहरूले लटरी किन्न नचाहेकोले क्लबका सदस्यहरूसित तिनीहरूको बहस सुरु भयो। यसै क्रममा क्लबका सदस्यहरूको व्यवसायीहरूसित निक्कै भनावैरी भएपछि क्षेत्रमा तनाउको स्थिति देखा पऱ्यो। त्यसपछि, उक्त इलाकाको सबै व्यवसायीहरूले आ-आफ्नो पसल बन्द गरेर प्रदर्शन गर्न थाले।
घटनापछि, अन्य स्थानीय क्लबका सदस्यहरू पनि घटनास्थलमा पुगे। यसले दुवै पक्षबीच थप तनाउको स्थिति सिर्जना गर्यो। घटनाको सूचना पाएपछि पानीट्याङ्की पुलिस र सिलगढी थानाका पुलिस घटनास्थलमा पुगेर स्थितिलाई सामान्य पारे। पुलिसले व्यवसायीहरूलाई आ-आफ्ना पसलहरू खोल्ने अपिल गरे।
व्यवसायीहरूले भने, शहरका विभिन्न क्लबहरूले लटरीको बुक किन्नका लागि दबाउ दिइरहेका छन्। तर, हामीले एसोसिएशनलाई चन्दाको लागि रकम पहिले नै जम्मा गरिसकेका छौं। क्लबका सदस्यहरू एसोसिएशनमा नगएर, व्यवसायीहरूबाट लटरी किन्नको लागि दबाउ दिइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes