सिलगढीमा कवयित्री पारिजातको 84औँ जन्मदिन पालन

सिलगढी : नेपाली साहित्यका एकजना वरिष्ठ कवयित्री विष्णु कुमारी वाइबा उर्फ पारिजातको 84औँ जन्म जयन्तीको उपलक्ष्यमा सिलगढीमा आज पारिजात समारोह समितिद्वारा एउटा रङ्गारङ्ग कार्यक्रमको आयोजना गरियो। यस अवसरमा समितिद्वारा सिलगढीको पायल सिनेमा नजिकबाट एउटा रङ्गारङ्ग शोभायात्रा निकालेर यहाँको विभिन्न सड़कहरूको परिक्रमा गरेर अढ़ाई माइलस्थित पारिजात चौकमा पुगेर समापन गरियो। उक्त शोभायात्रामा समाजका प्रत्येक वर्गका मानिसहरूले अंश ग्रहण गरेका थिए। पारिजात समारोह समितिका सदस्यहरूले यहाँस्थित पारिजातको सालिगमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे। नेपाली साहित्यका कवयित्री पारिजातको 84औँ जन्म जयन्तीको उपलक्ष्यमा आज एउटा रङ्गारङ्ग शोभायात्रा निकाल्नको साथै विविध सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरिएको पारिजात समारोह समितिका सचिव राजेश छेत्रीले बताए। यस अवसरमा दार्जिलिङ जिल्लाका पूर्व सांसद समन  पाठक, सिलगढी नगरनिगमका चेयरम्यान दिलीप सिंहलगायत पारिजात  समारोह समितिका सदस्यहरू, विभिन्न स्कुलका शिक्षक-शिक्षिकाहरू, विद्यार्थीहरू एवम् समाजका शीर्ष व्यक्तिहरू धेरै संख्यामा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *