सिलगढीमा खोलियो निःशुल्क अक्सिजन पार्लर

सिलगढी : सिलगढी नगरनिगमको तर्फबाट डाबग्रामस्थित मातृ सदनमा अक्सिजन पार्लर शुरू गरेको छ। उक्त अक्सिजन पार्लरको आज प्रशासक गौतम देवले उद्घाटन गरे। कोरोना संक्रमितहरूलाई आवश्यक अनुसार उक्त अक्सिजन पार्लरले निःशुल्क  अक्सिजन सिलेन्डर दिइनेछ भने सिलगढी नगरनिगमको हेल्पलाइन नम्बरमा सम्पर्क गरेर अक्सिजन सिलेन्डर प्राप्त गर्न सक्नेछन्। प्रशासक गौतम देवले बताएअनुसार हाल 30 वटा सिलेन्डरको साथमा उक्त परिसेवा शुरू गरिएको छ भने भविष्यमा अक्सिजन सिलेन्डरको संख्या अझ बढ़ाइनेछ। यहाँ 11 वटा अक्सिजन कन्सन्ट्रेटर रहेको छ जसमध्ये केही इन्डोर स्टेडियमको सेफ हाउसमा पठाइनेछ। सिलगढीवासीलाई अक्सिजनको कमी नहोस् भन्ने उद्देश्य लिएर सहरमा अक्सिजनको पर्याप्त आपूर्ति गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *