सिलगढीमा खुनको दाग लागेको सेतो पिकअप भ्यान उद्धार, जाँचमा जुट्यो पुलिस

सिलगढी : सिलगढी नगरनिगमको 46 नम्बर वार्ड अन्तर्गत पवित्र नगर इलाकास्थित मदर टेरेसा स्कुल इलाकाबाट खुनको दाग लागेको एउटा सेतो पिकअप भ्यान प्रधान नगर थाना पुलिसले जफत गरेको छ। उक्त घटनाले इलाकामा सनसनी फैलियो। प्राप्त जानकारी अनुसार पवित्र नगर इलाकामा आज बिहान स्थानीय मानिसहरूले डब्ल्युबी73 जी1929 नम्बर भएको सेतो पिकअप भ्यानमा खुनको दाग लागेको देखेपछि पुलिसलाई यसबारे जानकारी गराए। घटनाको खबर पाएर प्रधाननगर थाना पुलिस घटनास्थलमा पुगेर वाहनको मालिकलाई फोनमार्फत् बोलाएपछि मालिक घटनास्थलमा पुगे। पुलिसले मालिकसित सोधखोज गर्दा तिनले भने, आज बिहान फोनमार्फत् वाहनका चालकले आफूसित लुटपाटको घटना घटेकोले हाल उपचारको लागि आफू अस्पतालमा गएको जानकारी गराए। पुलिसले वाहनको मालिकसित घटनाबारे सोधखोज गरेपछि उक्त वाहन जफत गरेर थानामा लगे। स्थानीय मानिसहरूको आरोप अनुसार उक्त पिकअप भ्यान लगायत सडकमा खुनको निशान रहेको छ भने वाहनको छेउछाउमा रम-रक्सीको बोतल पनि भेट्टाइएको छ। झै-झगड़ा भएको हुनसक्ने स्थानीय मानिसहरूले अनुमान लगाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *