सिलगढीमा क्रान्तिकारी प्रीतिलता वादेदारको सालिगको मेयरद्वारा अनावरण

सिलगढी : सिलगढीमा क्रान्तिकारी शहीद प्रीतिलता वादेदारको अर्द्ध सालिगको आज मेयर गौतम देवले अनावरण गरे। सिलगढी नगरनिगमको 23 नम्बर वार्ड कमिटीको पहलमा 23 नम्बर वार्डको भुवनेश्वरी काली मन्दिरअघि प्रीतिलता वादेदारको अर्द्ध सालिग स्थापना गरिएको छ। तिनी भारतीय राष्ट्रवादी क्रान्तिकारी थिइन्। आज मेयर गौतम देवले उक्त सालिगको विधिवत् अनावरण गरे। यस अवसरमा 23 नम्बर वार्डका काउन्सिलर लक्ष्मी पाल लगायत वार्ड कमिटीका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *