सिलगढ़ीमा कुवामा डुबेर महिलाको मृत्यु

सिलगढी : सिलगढीको भक्तिनगर थानाअन्तर्गत पर्ने ज्योतिनगर इलाकामा बिहिबार बिहान सरस्वती घोष नामक एउटी महिलाको कुवामा डुबेर मृत्यु भएको छ। सरस्वतीले कुवाबाट पानी निकालिरहेको समय अचानक कुवामा डुबेर तिनको मृत्यु भएको तिनका परिवारका सदस्यहरूले बताए। परिवारका सदस्यहरूले सरस्वतीलाई घरमा नदेखेपछि यताउता खोजी गर्दा अन्तमा तिनलाई कुवामा डुबेको अवस्थामा देखेपछि दमकल विभागलाई खबर दिए। घटनाको खबर पाएर दमकल कर्मीहरू घटनास्थलमा पुगेर सरस्वतीलाई कुवाबाट बाहिर निकालेर सिलगढी जिल्ला अस्पतालमा लगे तापनि त्यहाँ डाक्टरले तिनलाई मृत घोषित गरिदिए। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *