सिलगढीमा लगभग 49 लाख मूल्यको 6 वटा सुनको बिस्कुट सहित एकजना पक्राउ

सिलगढी: केन्द्रीय राजस्व गुप्तचर निदेशालय (डीआरआई) को टीमले एकजना तस्करलाई 996 ग्राम सुनको बिस्कुट सहित पक्राउ गरेको छ। पक्रा पर्ने तस्कर सिलगढी नगर निगमको 36 नम्बर वार्डको डाबग्राम निवासी दीपङ्कर तालुकदारको रूपमा चिन्हित गरिएको छ।  तिनी पेशाले व्यवसायी हुन्। डीआरआई सूत्रले दिएको जानकारी अनुसार गत राति गोप्य सूचनाको आधारमा एनजेपी रेलवे स्टेशनमा सराईघाट एक्सप्रेस ट्रेनमा डीआरआई टीमले अभियान चलायो। यस अवधि सन्देहको आधारमा दीपङ्कर तालुकदारलाई हिरासत लिएर छानबिन गर्दा आरोपीबाट मोठ 996 ग्राम ओजन भएको 6 वटा सुनको बिस्कुट उद्धार गरेपछि तिनलाई पक्राउ गरेको बताइएको छ। उद्धार गरेको सुनको बिस्कुटको अनुमानित मूल्य 48 लाख 89 हजार 864 रूपियाँ रहेको छ। आज आरोपीलाई सिलगढी अदालतमा पेश गऱ्यो। सुनवाइ पछि न्यायाधीशले आरोपी दीपङ्कर तालुकदारको जमानत याचिका स्वीकार गरेको छ।


 

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *