सिलगढीमा लाखौं रूपियाँको लुगा-फाटा चोरी गरेको मामिलामा टोटो चालक पक्राउ

सिलगढी (निसं): सिलगढीमा ग्राहकलाई धोका दिनु एकजना टोटो चालकलाई महंगो पऱ्यो। पुलिसले ग्राहकले दर्ता गरेको अभियोगको आधारमा 14 दिन पछि  टोटो चालकलाई पक्राउ गरेको छ। पक्रा पर्ने टोटो चालक गोपाल साहा (31) हुन् भने तिनी सिलगढी आशीघर आउटपोस्ट अन्तर्गत माझाबाडी इलाका निवासी बताइएको छ।  


घटनाक्रम अनुसार, गत 6 फरवरीको दिन उत्तर दिनाजपुर जिल्लाको एकजना व्यवसायीले गौरी शंकर मार्केटबाट लाखौं रूपियाँको लुगा-फाटा किनेका थिए। यसपछि  व्यवसायी त्यहाँबाट गोपाल साहाको टोटोमा बसेर सिलगढी जंक्शन पुगेका थिए। सिलगढी जंक्शनमा व्यवसायीले टोटो चालकलाई केही समयको लागि बस्दै गर भनेर तिनी त्यहाँबाट गए। तर केही क्षणमा तिनी फर्केर आउँदा  टोटो चालक लाखौं रूपियाँको लुगा-फाटासहित निखोज भएको थाहा पाए। यसपछि व्यवसायीले प्रधान नगर थानामा घटनाबारे लिखित अभियोग दर्ता गरे। पुलिसले सीसीटीभी फुटेजको सहयोगमा टोटो चालकलाई चिन्हित गरेपछि मंगलवार  सिलगढी जंक्शन इलाकाबाट टोटो चालक गोपाल साहालाई पक्राउ गरेको बताइएको छ। यसपछि आरोपीको घरबाट पुलिसले चोरी गरेको लुगाफाटा पनि उद्धार गरेको छ। आज पुलिसले आरोपी टोटो चालकलाई सिलगढी अदालतमा पेश गऱ्यो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *