सिलगढीमा लाखौँ रुपियाँको ब्राउन सुगर सहित व्यक्ति पक्राउ

सिलगढी : ब्राउन सुगर सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति झङ्कार मोड निवासी मोहम्मद तमन्नाको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार मोहम्मद तमन्ना बाघडुग्राको राङ्गापानी इलाकामा ब्राउन सुगर तस्करी गर्ने उद्देश्यले गएका थिए।


गोप्य सूचनाको आधारमा बाघडुग्रा थाना पुलिस र एसओजीले संयुक्त अभियान चलाएर 306 ग्राम ब्राउन सुगर सहित उक्त व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। उद्धार गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य 60 लाख रुपियाँ रहेको छ। पक्रा परेका व्यक्तिलाई भोलि सिलगढी अदालतमा पेश गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *