सिलगढीमा लाखौँ रुपियाँको सैगुनको काठसहित 4 जना पक्राउ

सिलगढी : सालुगढा वन विभागले हिजो राति लाखौँ रुपियाँको सैगुनको काठसहित 4 जना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा उत्तम निरौला, सुरज तामाङ, सुनील दर्जी र बिपुल दास सामेल छन्। यीमध्ये दुईजना सिलगढी र दुईजना दार्जिलिङ निवासी हुन्। प्राप्त जानकारी अनुसार सालुगढा वन विभागका कर्मचारीहरूले गोप्य सूचनाको आधारमा हिजो राति बंगाल सफारी नजिक अभियान चलाएर दुईवाट वाहनमा छानबीन गर्दा अवैध सैगुनको काठ उद्धार गर्नको साथै 4 जना युवकलाई पक्राउ गरेको बताइएको छ। जफत गरेको उक्त काठको बजार मूल्य 5 लाख रुपियाँ रहेको छ। उक्त अवैध सैगुनको काठ कालेबुङदेखि बिहारतर्फ लैजाने योजना रहेको बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *