सिलगढीमा लाखौँ रुपियाँको ब्राउन सुगर सहित 2 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले सिलगढीको कावाखालीमा विश्व बाङ्ग्ला शिल्पी हाट इलाकामा अभियान चलाएर ब्राउन सुगर सहित 2 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा एमडी आलम र एमडी रफिकुल सामेल छन्। तिनीहरूमध्ये एकजना बलराम र अर्का एकजा सालबारी निवासी हुन्। प्राप्त जानकारी अनुसार एनजेपी थाना पुलिसले गोप्य सूचनाको आधारमा कावाखाली विश्व बाङ्ग्ला शिल्पी हाट इलाकामा अभियान चलाएर 100 ग्राम ब्राउन सुगर सहित 2 जना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। ती दुईजनाले उक्त ब्राउन सुगर शिवमन्दिरबाट कावाखालीमा बिक्री गर्ने उद्देश्यले ल्याएका थिए। उद्धार गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य 2 लाख रुपियाँ तोकेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *