सिलगढीमा लाखौँ रुपियाँको अवैध सुपारीसहित 1 जना पक्राउ

सिलगढी : गोप्य सूत्रको आधारमा एनजेपी थाना पुलिसले अभियान चलाएर पुलिसले धेरै मात्रामा अवैध सुपारीसहित मोहम्मद याकत खान नाम गरेको व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार हिजो दिउँसो एनजेपी थाना पुलिसले सादा पोशाकमा फुलबारीमा अभियान चलाएर एउटा ट्रकलाई रोकेर छानबीन गर्दा लगभग 18 टन सुपारी उद्धार गर्नको साथै ट्रक चालकलाई पनि पक्राउ गरेको बताइएको छ।


जफत गरेको अवैध सुपारीको अनुमानित बजार मूल्य 47 लाख रुपियाँ रहेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार असमबाट उक्त सुपारी वणारसतर्फ लगिरहेको बताइएको छ। आज आरोपी चालकलाई जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *