सिलगढीमा लाखौँ रुपियाँको ब्राउन सुगरसहित एकजना पक्राउ

सिलगढी : सिलगढी मेट्रोपलिटन पुलिसको डिटेक्टिभ डिपार्टमेन्ट (डीडी)-ले लाखौँ रुपियाँको ब्राउन सुगरसहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति मालदा निवासी जियाउल शेखको रूपमा चिन्हित गरिएको छ। गोप्य सूत्रको आधारमा डीडीले जटियाकाली मोडमा अभियान चलाएर जियाउल शेखलाई पक्राउ गरेर छानबीन गर्दा 100 ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। उद्धार गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य लाखौँ रुपियाँ रहेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार जियाउल शेखले मालदाबाट उक्त ब्राउन सुगर सिलगढीमा बिक्री गर्ने उद्देश्यले ल्याएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *