सिलगढीमा लाखौँ रुपियाँको गाँजासहित 2 जना पक्राउ

सिलगढी : 25 किलो 600 ग्राम गाँजा सहित 2 जना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरू बिहार निवासी विष्णु कुमार साउ र मोहम्मद गुफरम सामेल छन्। प्राप्त जानकारीअनुसार एनजेपी थाना पुलिसले गत साँझ गोप्य सूचनाको आधारमा सिलगढीको नौकाघाट ब्रिज नजिक अभियान चलाएर एउटा वाहनलाई रोकेर छानबीन गर्दा 25 किलो 600 ग्राम गाँजा उद्धार गरेको बताइएको छ। पुलिसले घटनामा दुईजना युवकलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त गाँजा असमबाट बिहार तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। उद्धार गरेको गाँजाको अनुमानित बजार मूल्य लगभग साढ़े तीन लाख रुपियाँ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *