सिलगढीमा लाखौँ रुपियाँको गाँजासहित 2 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले गाँजासहित 2 जना युवकलाई पक्राउ गरेको छ। यसको साथै एउटा नम्बरविहीन स्कुटी पनि उद्धार गरेको छ। पक्रा परेका  युवकहरू क्रमैले राणा ब्यानर्जी र अभिनाश महतोको रूपमा चिन्हित गरिएको छ भने तीमध्ये राणा ममतापाडा निवासी अनि अभिनाश बकराभिटा निवासी हुन्। पुलिस सूत्रले दिएको जानकारीअनुसार राणा र अभिनाशले कुचबिहारदेखि उक्त गाँजा सिलगढी ल्याएका थिए।


उद्धार गरेको लगभग 22 किलो गाँजाको अनुमानित बजार मूल्य 2 लाख रुपियाँ रहेको छ। उक्त गाँजा सिलगढीमा कसलाई बिक्री गर्न ल्याएको भन्नेबारे पुलिसले पक्रा परेका आरोपीहरूसित सोधखोज गरिरहेको बताइएको छ। पक्रा परेका दुई आरोपीविरुद्ध एनडीपीएसको  धारा अन्तर्गत मामिला दर्ता गरेर आज दुवैलाई जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *