सिलगढीमा लावारिस ब्याग भेट्टाएपछि आतङ्कको माहौल

सिलगढी : सिलगढी नगरनिगमको 19 नम्बर वार्डमा एउटा संदिग्ध ब्याग भेट्टाएपछि इलाकामा आतङ्कको माहौल देखापर्यो। प्राप्त जानकारी अनुसार सिलगढीको 19 नम्बर वार्ड अन्तर्गत सुभाषपल्ली इलाकामा मानिसहरूले एउटा घरको सिँढीमा लावारिस ब्याग देखे। साँझसम्म कसैले पनि उक्त ब्याग नलगेपछि उक्त ब्यागमा विस्फोट हुने हल्ला फैलियो। यसपछि उक्त घरका मालिकले तत्कालै यसबारे सिलगढी थानालाई जानकारी गराएपछि विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर बम निरोधक दस्तालाई पनि यसबारे जानकारी गराए। घटनाको खबर पाएर सीआईडीको बम निरोधक दस्ता घटनास्थलमा पुगेर लगभग एक घण्टासम्म उक्त संदिग्ध ब्यागको जाँच गरेपछि ब्याग खोलेर हेर्दा केही मच्छरदानी र लुगाफाटा उद्धार गरेको बताइएको छ। कसैले भुलवंश आफ्नो ब्याग त्यहाँ छोडेको हुनसक्ने पुलिसले प्राथिमक अनुमान लगाउनको साथै पुलिसले उक्त ब्यागको मालिकको खोजी गरिरहेको थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *