सिलगढीमा लोग्ने-स्वास्नीको रहस्यमय मृत्यु, जाँचमा जुट्यो पुलिस

सिलगढी (निसं): सिलगढीमा रहस्यमय तरिकाले लोग्ने-स्वास्नीको मृत्यु भएको घटना प्रकाशमा आएको छ। यो घटना 18 नम्बर वार्ड अन्तर्गत सुभाषपल्ली इलाकामा भएको हो। बन्द रहेको घरबाट दम्पतिको शव उद्धार गरिएको छ। घटनास्थलमा लोग्नेको शव पलङमा अनि स्वास्नीको शव भूइँमा थियो। यी दुवै जनाको मृत्यु कसरी भयो भन्ने कुरा रहस्य छ। मृतक दम्पत्तिको नाम उज्ज्वल कुमार सिन्हा र देवलीना सरकार सिन्हाबताइएको छ। प्राप्त जानकारी अनुसार विवाह गरेपछि नै बाद उज्जवल आफ्नो ससुरालामा बस्दै आइरहेका थिए।  तिनी पेशाले प्राइवेट ट्यूटर थिए। यसैगरी, देवलीना देवी आर्ट शिक्षिका थिइन्। तिनी दिनहुँ बिहान 11 बजे घरबाट निस्किन्थे तर आज बिहान तिनी अबेरसम्म घरबाट बाहिर ननिस्केपछि परिवारका सदस्यहरूलाई सन्देह लाग्यो। परिवारका सदस्यहरूले बोलाउँदा कुनै प्रतिउत्तर नआएपछि दैलो भत्काएर ओछ्यानमा उज्जवल सिन्हको शव अनि भूइँमा मुखबाट रगत बगिरहेको अवस्थामा देवलीना देवीको शव देखे। यसपछि घटनाको जानकारी सिलगढी थानालाई दिए। खबर पाउन साथ पुलिस घटनास्थलमा पुगेर दुवै जनाको शवलाई उद्धार गरेर पोस्टमर्टमको लागि अस्पताल पठाइदिएको छ। अर्कोतिर, उक्त घटना हत्या हो कि आत्महत्या हो भन्ने कुरा स्पष्ट भएको छैन। घटनाको खबर पाएर वार्ड पार्षद सञ्जय शर्मा पनि घटनास्थलमा आइपुगेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *