सिलगढीमा लोक कलाकार सम्मेलनको आयोजना

सिलगढी : लोक कलालाई पुनर्जीवित गर्न राज्य सरकारले पहल गरेको छ। यसैले लोक कलाकारहरूको गुणस्तर सुधार र विकास गर्न आज सिलगढीको दीनबन्धु मञ्चमा दार्जिलिङ जिल्लाको लोक कलाकार सम्मेलनको आयोजना गरियो। उक्त कार्यक्रमको मेयर गौतम देवले विधिवत् रूपमा उद्घाटन गरे। कार्यक्रममा कलाकारहरूले राज्य सरकारको विभिन्न परियोजनाबारे गीतको माध्यमद्वारा प्रस्तुत गरे। यस सम्बन्धमा मेयर गौतम देवले भने, यी कलाकारहरूको विकास गर्नु आफ्नो सरकारको मुख्य लक्ष्य रहेको छ। वर्तमानमा यस राज्यको 1 लाख 94 हजार लोक कलाकार सरकारी भत्तामा सामेल छन्। यस भत्तामा थप कलाकारहरूलाई कसरी समावेश गर्न सकिन्छ भन्ने उद्देश्य लिएर नै उक्त सम्मेलनको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *