सिलगढीमा लकडाउन अवधि पुलिसको अभियान, केही हिरासतमा

सिलगढी : हाल देशमा कोरोना संकमणको संख्या बढिरहेकोले गर्दा राज्य सरकारको निर्देशअनुसार आज राज्यभरि नै लकडाउन जारी छ भने यता सिलगढी सहरमा लकडाउनको परिस्थित स्वाभाविक रहेको छ। आज बिहानैदेखि सिलगढी सहरको विभिन्न सडकहरूमा मानिसहरूको चलाचल देखियो। यसैले लकडाउनको परिस्थितिमा नजर राख्ने उद्देश्य लिएर सिलगढी मेट्रोपोलिटन पुलिसले विभिन्न ठाउँहरूमा अभियान चलायो। पुलिसले आज सबैभन्दा पहिला दार्जिलिङ मोडमा अभियान चलाएर कुनै कामबिना घरबाट निस्केका केही मानिसहरूलाई हिरासतमा लिनको साथै केही वाहन पनि जफत गरेको छ। अर्कोतिर, प्रधाननगर थाना पुलिसले चम्पासरी मोडमा पक्राउ अभियान चलाएर 16 जना मानिसहरूलाई हिरासतमा लिएको छ। लकडाउनको उल्लङ्घन गरेको आरोपमा तिनीहरूविरुद्ध कानुनी कार्वाही गरिने बताइएको छ। यसको साथै प्रधाननगर ट्राफिक पोइन्टमा अभियान चलाएर पुलिसले केही वाहनहरू जफत गरेको छ। स्मरण रहोस्, सरकारको निर्देशअनुसार लकडाउन अवधि केही आवश्यक परिसेवा मात्र खुल्ला रहनेछ। लकडाउनलाई सफल तुल्याउन सिलगढी सहरमा पुलिसले नजरदारी गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *