सिलगढीमा लुगा सुकाउन जाँदा छतबाट लडेर वृद्धाको मृत्यु

सिलगढी (निसं): लुगा सुकाउन जाँदा तीन तले भवनबाट लडेर एकजना वृद्धाको मृत्यु भएको छ। मृतकको नाम क्षमा देव (65) रहेको बताइएको छ। उक्त घटना आज बिहान सिलगढीको 39 नम्बर वार्ड अन्तर्गत हैदरपाड़ाको सूर्यशिखा सरणी इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार क्षमा देव सदा झै आज बिहान पनि आफ्नो भिजेको लुगाहरू सुकाउनका लागि घरको तेस्रो तलामा गएकी थिइन्। त्यस समय छतबाट लडेर सडकमा झर्दा तिनको मृत्यु भएको बताइएको छ। सबैभन्दा पहिला स्थानीय मानिसहरूले तिनलाई सडकमा लडिरहेको अवस्थामा देखे। यसपछि स्थानीय मानिसहरूले उक्त वृद्धालाई उद्धार गरेर तत्कालै सिलगढी जिल्ला अस्पतालमा पुऱ्याए, जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। शवलाई पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइ दिएको छ। अर्कोतिर, हालसम्म वृद्धाको परिजन पक्षबाट कुनै प्रकारको प्रतिक्रिया प्राप्त भएको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *