सिलगढीमा ‘माँ क्यान्टिन’ शुरू, मात्र 5 रुपियाँमा भरपेट खाना

सिलगढी : कोरोना परिस्थितिमा असहाय मानिसहरूलाई ध्यानमा राखेर मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणा तथा सिलगढी नगरनिगमको सहयोगमा सिलगढीको 35 नम्बर वार्डको एनजेपी स्टेशन परिसरमा माँ क्यान्टिन खोलिएको छ। सिलगढीका प्रशासक गौतम देवले आज उक्त क्यान्टिनको विधिवत् उद्घाटन गरे। उक्त क्यान्टिनमा केवल 5 रुपियाँमा आज लगभग 200 जनाभन्दा अधिक आवश्यकमन्द मानिसहरूलाई भात, दाल, सब्जी, अण्डा र अचार उपलब्ध गराइयो। सिलगढी नगरनिगमको प्रशासक मण्डलीका सदस्य रञ्जन सरकारले सिलगढी सहरमा पाँचवटा माँ क्यान्टिन खोल्ने पहल गरिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *