सिलगढी, 20 दिसम्बर (निसं): सिलगढी प्रधान नगर थाना पुलिसले सादा पोशाकमा ब्राउन सुगर र प्रतिबन्धित कफ सिरपसहित दुई जना युवकलाई पक्राउ गरेको छ। यसको साथै एउटा बाइक पनि जफत गरेको छ। पक्रा परेका आरोपीहरू समीर विश्वास र बापी राय रहेको छ। यी दुवै देवीडांगास्थित गोविन्द नगर क्षेत्रका निवासी हुन्।
पुलिस सूत्र अनुसार, समीर र बापी दुवैले देवीडांगा गोविन्द नगर क्षेत्रमा धेरै समयदेखि मादक पदार्थको व्यवसाय गर्दै आइरहेका थिए। बिहीबार साँझ समीरले बाइकमा आफ्नो साथी बाप्पीलाई लिएर मादक पदार्थ तस्करी गर्न जाँदै थिए। तर पुलिसले यसबारे गोप्य जानकारी पाएपछि अभियान चलाएर उनीहरूको बाइकलाई रोकेर छानबिन गर्दा 150 ग्राम ब्राउन सुगर र 50 बोतल प्रतिबन्धित कफ सिरप उद्धार गर्योक। त्यसपछि पुलिसले दुवैलाई मादक पदार्थ तस्करी गरेको आरोपमा पक्राउ गर्नको साथै बाइक पनि जफत गऱ्यो। आज दुवै आरोपीलाई सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।
North Bengal, Siliguri, Uncategorized
सिलगढीमा मादक पदार्थसहित 2 जना युवक पक्राउ
20
Dec
Dec