सिलगढीमा मादक पदार्थको तस्करी गर्ने मास्टर माइन्ड सहित 3 जना पक्राउ

सिलगढी : सिलगढी सहरमा मादक पदार्थको तस्करी गर्ने मास्टर माइन्ड सहित 3 जनालाई एसओजी-ले आज पक्राउ गरेको छ। पक्रा परेकाहरूमा मास्टर माइन्ड एमडी जब्बार, सोनु साह र साहिल खान सामेल छन्। प्राप्त जानकारी अनुसार एसओजी-ले आज गोप्य सूचनाको आधारमा मेडिकल मोड़ संलग्न पोड़ाझार इलाकामा अभियान चलाएर एमडी जब्बार सहित तिनको 2 जना साथीलाई पनि पक्राउ गरेको बताइएको छ।


यसको साथै एसओजीले तिनीहरूबाट लगभग 400 ग्राम ब्राउन सुगर पनि उद्धार गरेको छ, जसको अनुमानित मूल्य लाखौँ रुपियाँ रहेको छ। पक्रा परेका 3 जना आरोपीलाई एसओजीले एनजेपी थानालाई सुम्पिदिएको छ भने भोलि शुक्रबार तिनीहरूलाई जलपाईगढी अदालतमा पेश गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *