सिलगढीमा मादक पदार्थ सहित 3 जना पक्राउ

सिलगढी : भक्तिनगर थाना पुलिसले मादक पदार्थ सहित 3 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले दीपङ्कर कर्मकार, बापी कर र जोगिन्दर छेत्री सामेल छन्। गोप्य सूचनाको आधारमा भक्तिनगर थाना अन्तर्गत पर्ने गाँधी मैदान नजिक पुलिसले अभियान चलाएर 50 बोतल कफ सिरप, धेरै मात्रामा नशालु ट्याबलेट सहित 3 जना युवकलाई पक्राउ गरेको बताइएको छ।


पक्रा परेका तीनजना आरोपीविरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.