सिलगढीमा महिला सिभिक भोलिन्टियरको मोबाइल छिनताई

सिलगढी : सिलगढीमा एउटी महिला सिभिक भोलिन्टियरको मोबाइल छिनताई गरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार सिभिक भोलिन्टियर दीपमाला लाकड़ा बिहिबार सीएम ड्युटीमा गएको समय बाइकमा सवार भएका केही युवकहरूले तिनको हातबाट मोबाइल खोसेर चम्पट कसेको बताइएको छ। दीपमाला लाकड़ा केही टाढासम्म उक्त बाइकको पछि दौडिए तापनि ती युवकहरूलाई पक्रन सफल नभएको थाहा लागेको छ। यसबारे तिनले थानामा अभियोग दर्ता गराएपछि ती युवकहरूको खोजी शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *